प्रधानसेनापति र मुख्यसचिवसहित सुरक्षा प्रमुखद्वारा संयमित हुन अपिल

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०८२, १५ : २२
प्रधानसेनापति र मुख्यसचिवसहित सुरक्षा प्रमुखद्वारा संयमित हुन अपिल

काठमाडौँ । हिजोदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै प्रमुख सुरक्षा निकायका उच्च अधिकारी तथा सरकारका प्रतिनिधिहरूले सार्वजनिक अपिल जारी गरेका छन्।

अपीलमा ज्यान गुमाउने नागरिकप्रति गहिरो श्रद्धाञ्जली र परिवारजनप्रति संवेदना व्यक्त गरिएको छ।

साथै, प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा थप जनधनको क्षति हुन नदिन सबैलाई संयमित रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस