‘जलविद्युत् विकास, लगानी संरक्षण र ऊर्जा बजार विस्तारमा सरकार प्रतिबद्ध’ : ऊर्जा मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, २९ जेठ २०८३, १३ : ०९
‘जलविद्युत् विकास, लगानी संरक्षण र ऊर्जा बजार विस्तारमा सरकार प्रतिबद्ध’ : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको लगानी संरक्षण र ऊर्जा बजार विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जलविद्युत् क्षेत्रमा स्थिर ब्याजदरमा कर्जा प्रवाहको व्यवस्था गरिने र स्वच्छ ऊर्जासँगै एआई तथा डिजिटल सेवाजस्ता नयाँ सम्भावनाको खोजी गरिने बताए। उनले ग्रीन हाइड्रोजन प्लान्टका पाइलट आयोजनाबाट भविष्यको स्वच्छ ऊर्जा अर्थतन्त्रको आधार तयार हुने विश्वास व्यक्त गरे।

उनले अब वास्तविक लगानीकर्तालाई मात्र अवसर दिनेगरी सरकार अघि बढ्ने र आयोजना कब्जा गर्ने प्रवृत्तिको नियन्त्रण हुने स्पष्ट पारे। ‘लाइसेन्स लिएर काममा नजाने र विभिन्न बहानाबाजी गर्दै आयोजना ओगट्नेहरू प्रति सरकार कठोर बन्नेछ,’ मन्त्री श्रेष्ठले भने, ‘यसबाट लाइसेन्स राजको अन्त्य हुने र वास्तविक उद्यमीहरूले काम गर्ने वातावरण निर्माण हुने हामीले अपेक्षा गरेका छौँ ।’

मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेका अन्य महत्त्वपूर्ण कदमहरूबारे पनि जानकारी दिए। सरकारले उत्पादनमा मात्र नभई अब विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सहभागी गराउने नीति लिएको उनले बताए 

प्रतिक्रिया दिनुहोस