काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभएको उल्लेख गर्दै जागरणसभामा सहभागी हुन अपिल गरेका छन् ।
चैत १८ गते नेकपा एमालेले आयोजना गरेको देशव्यापी जागरणसभा र मोटरसाइकल र्याली बारे जानकारी दिंदै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् । ‘लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय होइन’ उनले भनेका छन्, ‘जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धि हो । आम जनताको सरोकारको विषय हो ।’
महासचिव पोखरेलका अनुसार एमालेले आज देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाईकल र्याली आयोजना गरेको छ । काठमाण्डौं उपत्यकामा भने संयुक्त रूपमा मोटरसाईकल र्यालीको आयोजना गरिएको उनले बताए ।
‘आ-आफ्नो अनुकूल ठाउँमा सहभागी बनौं । काठमाडौं उपत्यकाको हकमा बेलुका ४ बजे तीनकुनेमा मोटरसाईकल सहित सहभागी बनौं’ उनले लेखेका छन्, ‘प्रतिगमनको दुश्प्रयासलाई नाकाम बनाऔं । लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी
महासचिव पोखरेलले सार्वजनिक गरे चुनावी एजेण्डा, के छन् प्रतिबद्धता?
‘सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ’: महासचिव पोखरेल
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल
पार्टीका आन्तरिक विषय सम्बन्धित फोरममा मात्र छलफल गर्न महासचिव पोखरेलको निर्देशन