काठमाडौ । नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमिति सभापति अच्युत कलौनी मृत फेला परेका छन्।
शनिबार बिहान भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकनजिक कलौनीको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार सडक पेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको छ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनास्थललाई सिल गरिएको छ। चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ। मृत्युको कारण खुलेको छैन।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए।
नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङदेन र अमरेशकुमार सिंहले लगाएको आरोप पुष्टि गर्न काँग्रेसको चुनौती
प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा
यसरी पक्राउ परिन् कांग्रेस सांसद माया राई
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन
नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन: काँग्रेस
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण