काठमाडौं। उत्तरी भारतमा मङ्गलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् ।
यो घटना राजधानी नयाँदिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो । त्यहाँ जहाँ जैन धर्मका सयौं भक्तजन मिठाई चढाउन एक मन्दिरमा भेला भएका थिए ।
'एउटा काठको संरचना भत्किँदा पाँच जनाको मृत्यु भएको छ,' जिल्ला प्रशासक अस्मिता लालले भनिन्, 'अन्य ४० जना घाइते भएका छन्, तीमध्ये २० जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।'
जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यस पर्वको अवसरमा यो प्लेटफर्म निर्माण गरिने एनडिटीभी समाचार नेटवर्कले जनाएको छ ।'पुजारीहरू लड्डु (मिठाई) चढाउन गएका थिए र प्लेटफर्म त्यसमाथि रहेका सयौं भक्तजनसहित भत्कियो,' भक्तजनमध्ये एक राकेश जैनले भने ।
भीड व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वहरूको समयमा भारतका पूजा स्थलहरूमा घातक दुर्घटनाहरू सामान्य छन् । गत वर्ष उत्तर प्रदेश राज्यमा एक धार्मिक प्रवचनको अन्त्यमा भएको भागदौडमा १२१ जनाको मृत्यु भएको थियो ।
अर्को घटनामा सन् २०१६ मा दक्षिणी केरल राज्यको एक मन्दिरमा हिन्दू नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको विशाल विस्फोटमा ११२ जनाको मृत्यु भएको थियो ।
मङ्गलबारको दुर्घटना नजिकैको सहर प्रयागराजमा आयोजित प्रार्थना र अनुष्ठान स्नानको हिन्दू पर्व कुम्भ मेलामा लाखौं भक्तजन सहभागी भइरहेका बेला भएको हो ।
जैन धर्म भारतको एक प्राचीन धर्म हो । यो धर्मलाई भारतको एक अर्ब २५ करोड जनसङ्ख्याको एक प्रतिशतभन्दा कम मानिसले मान्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै
पाकिस्तानी प्रधानमन्त्रीको वार्ताको प्रस्तावमा भारतले के भन्यो ?
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान