काठमाडौँ । महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ । सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान करिब ४ बजे सातआठ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले लुटपाटपछि झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए
हत्या गरिएका झा पूर्व गाविस सचिव भएको बताइएको छ । डीएसपी जयसवारले अहिले घट्नास्थलमा आफूहरू पुगेको र अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या