काठमाडौं। भारतको उत्तर प्रदेशस्थित कासगञ्ज जिल्लाको मोहनपुरमा माटोको ढिस्कोले पुरिएर चार जना महिलाको मृत्यु भएको छ । धार्मिक कार्यक्रमका लागि मंगलबार बिहानै माटो लिन पुगेका उनीहरू ढिस्कोले पुरिएका हुन् । घटनामा दुई दर्जनभन्दा बढी महिला तथा बालबालिका घाइते भएका छन् ।
माटो निकाल्ने क्रममा ठूलो ढिस्को खसेर उनीहरू पुरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना मंगलबार बिहान करिब ७ बजे आसपासको हो । घटनालगत्तै उद्धारका लागि स्थानीय र प्रहरी पुगेका थिए । प्रहरी र उद्धारकर्ताले यत्तिकै उद्धार गर्न नसकेपछि डोजर परिचालन गरिएको थियो ।
घटनास्थलबाट उद्धार गरिएका घाइते महिला र बालबालिकालाई उपचारका लागि अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार कम्तीमा २० जना माटोमुनि पुरिएका थिए ।
उद्धारलगत्तै अस्पताल पुर्याइएका चार महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए । कासगञ्जमा एक सत्संग कार्यक्रम चलिरहेको छ । सोही कार्यक्रमका लागि महिला र बालबालिका माटो लिन पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’