दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएका छन् ।
आज दाङको तुलसीपुरमा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने बताए ।
’नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन्’, पोखरेलले भने, ’विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस् ।’ विदेशमा रहेको केही युवा जमातले दलहरू प्रति विषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सही राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताए ।
एमालेले ४० बर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्नेगरी प्रभावकारी योजना निर्माण गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
एमालेको ‘सहकार्य’ प्रस्ताव प्रचण्डद्दारा निरन्तर अश्वीकार
बीबीसी डकुमेन्ट्रीप्रति एमाले महासचिव पोखरेलको प्रतिक्रिया : भूराजनीतिक चलखेलको संकेत
एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश
एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश