काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन् ।
महरले ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गराएको बताएका हुन् ।
उनले भने, ‘युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन जारी केन्द्रीय समिति बैठकमा ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्र दर्ता गराएको छु । सानेपामा दर्ता पत्रमा पार्टी सभापति र पदाधिकारीको नाम उल्लेख छ।
उनले आफूलाई कांग्रेस शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको प्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारी पार्टी र मुलुकको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाए ।
संघीयताको मर्म अनुरूप शिक्षामा सबैको सहज पहुँच सुनिश्चित गर्न र शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउन, सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरूपको मानव संशोधन विकास गर्ने नयाँ शिक्षा नीति आजको आवश्यकता रहेको उनले औँल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप