काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्। स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए।
आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिए।
उनले भने, ‘हामीले प्रविधि, सीप र पुजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन। हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।’
उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै निर्णयले आलोचित बनेकी प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतीक्षा नयाँ सरकारको, चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने
जेन्जीको चेतावनी: कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन चर्कने, फेरि सडकमा आउने
पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक
रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ