काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने लागेको हो ।
उक्त कार्यक्रमको कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक कृष्णबहादुर रोकाय र प्रतिनिधिसभा सचेतक सुशिला थिङले कार्यक्रमको सहजीकरण गर्ने दलको कार्यालयले जनाएको छ ।
छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी, ओमप्रकाश अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व उपसभामुख पुष्पा भुसाल र नेपाल उद्योग परिषदका प्रतिनिधिले आफ्नो राय राख्ने छन् ।
कांग्रेसले आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई छलफलमा अनिवार्य उपस्थिति हुन भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असार २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता