काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हिजोको नेपालको विश्वकप खेलमा सन्दीप लामिछानेको अभाव महसुस भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोजक राष्ट्रले भिसा नदिएको विषयमा अमेरिकाको राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग गरे।
उनले भने, ‘दश वर्षपछि नेपालले विश्वकप खेल्यो नेपालको चन्द्र सूर्य झन्डा संसारभर फरफरायो। तर, हामीले हिजो गेम हार्यौं। हिजो सन्दीप लामिछानेको ठूलो आवश्यकता महसुस भयो। अदालतले सफाइ दिएको, क्यान र आइसीसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको ? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको ? कि त सरकार डराएर खुट्टा कापेको हो ? होइन भने देशको चन्द्र सूर्य झन्डालाई रोक्न आज यो सरकार अगाडि बढ्न सक्छ। सरकारमाथि प्रश्न चिह्न खडा भएको छ। यसको जवाफ दिनुपर्छ। कुनै व्यक्तिको कुरा होइन। कुनै क्लबको गेम खेल्न जाने लागेको होइन देशको प्रतिनिधित्व गरेर जाने खेलाडी हो। त्यसैले देशको जिम्मा हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान