काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको थियो ।
यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ । संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।
यसअघि प्रतिनिधिसभाको हिजोको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल भएको थियो । सांसदहरूले आगामी बजेट र कार्यक्रममा केवल आश्वासन नभई विद्यमान आर्थिक समस्या समाधानको ठोस योजना हुनुपर्नेमा जोड दिँदै आएका छन् । बेरोजगारी समस्याको समाधान र किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन सांसद्हरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग