काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् । शनिबार बिहान काठमाडौंमा आयोजित "प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म" नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बतााएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, "विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हो।"
`प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिए,` उनले स्मरण गरे, `उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी बिकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौँ।"लोकार्पणमा प्राडा सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल
सेवा प्रवाहमा अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले गरे हुलाकी राजमार्गमा निर्मित रतुवा पुलको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा भूमिहीन दलित सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण
प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्घाटन