विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ केशलिया मार्गबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्।
मोरङ प्रहरीले बुधवार दिउँसो विराटनगरको केशलियाबाट सुनसरी देवानगंज-५ साहेबगंजका ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो।
प्रहरीले शंका लागेर सोधपुछ गर्ने क्रममा साहले रकमको कुनै पनि स्रोत भन्न नसकेपछि नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ।
पक्राउ परेका साहको साथबाट नगदसहित को ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एक सेट मोबाइल नियन्त्रणमा लिइ थप अनुसन्धान गरी राजस्व कार्यालय इटहरी पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ