काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको पछिल्लो मन्त्रीपरिषद्का तीन सदस्य पक्राउ परेका छन् ।
तत्कालिन अवस्थाको संसदको पहिलो दल कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्नेगरी दोस्रो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा गत भदौं २४ सम्म एमाले कांग्रेसको सरकार थियो ।
तर उक्त सरकार रहेकै बेला गत भदौं २३ र २४ मा जेनजी आन्दोलन भएपछि ओली नेतृत्वको सरकार विस्थापित हुन पुगेको थियो । प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाटै नेपाली सेनाको हेलिकप्टरमा भाग्ने अवस्था सिर्जना भएको थियो ।
उक्त समयमा ओलीको क्याबिनेटमा थिए गृहमन्त्री रमेश लेखक । उर्जामन्त्री थिए दीपक खड्का । अहिले तत्कालिन प्रधानमन्त्री केपी ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक र तत्कालिन उर्जामन्त्री दीपक खड्का तीन जना पक्राउ परेका छन् । गत फागुन २१ को प्रतिनिधिसभा चुनावपछि झण्डै दुई तिहाई सिटसहित राष्टिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएसँगै ओली, लेखक र खड्का पक्राउ परेका हुन् ।
ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरिएको हो भने खड्कालाई आइतबार बिहान पक्राउ गरिएको छ । ओली र लेखकलाई गत भदौं २३ र २४ को घटना जाँचबुझ गर्न गठन गरिएको जाँचबुझ आयोगको सिफारिसका आधारमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरु दुवै जनालाई आज अदालतमा उपस्थित गराइदैछ । त्यसबेलाको ओली सरकारकै उर्जामन्त्री खड्कालाई भने सम्पक्ति सुद्दिकरणको मुद्दामा अनुसनधान गर्न प्रहरीले आज बिहान पक्राउ गरिएको हो । ओली नेतृत्वको सरकारका बेला उनले ओलीसँग मिलेर तत्कालिन नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक (हालका उज्यालो पार्टीका अध्यक्ष) कुलमान घिसिङलाई हटाउन भूमिका खेलेको आरोप लागेको थियो ।
त्यक्ति मात्रै होइन, उनको जेनजी आन्दोलनका बेला भदौं २४ मा उनको निवास पनि जलेको थियो । त्यसबेला उनको घरबाट नेपाली र विदेशी रकम समेत जलेको भिडियो भाइरल भएको थियो । त्यसपछि उनी केही समय भारत समेत बसेर आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ