काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ। संगठनले उक्त कदमलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै घोर भर्त्सना गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले एकपक्षीय र दुराशयपूर्ण निर्णयहरूले लोकतान्त्रिक मूल्यमा ठाडो प्रहार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको बताएका छन् ।
तरुण दलले यस्ता कदमले अनावश्यक द्वन्द्व सिर्जना गर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ