निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १२ : ०४
निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?


कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज एक महिना पूरा भएको छ । तर पनि घटनाका वास्तविक दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको स्थानीयको भनाइ छ । पक्राउ परेका मानसिक रोगी दिलिपसिंह विस्टलाई स्थानीयले दोषी देखेका छैनन् । स्थानीय भीआईपीमाथि नै शंका गर्न थालेका छन्, ती शंका गरिएका माथि अनुसन्धान अगाडि बढाउन दबाब दिन थालेका छन् । 
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो । न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५ औँ दिनमा गत सोमबार निर्मलाका बाबुआमालाई जिल्ला प्रहरी कार्यालय बोलाउँदै दोषीका रूपमा मानसिक रोगी विष्टलाई प्रहरीले उभ्याउँदै उनीविरुद्ध किटानीजाहेरी दिन अभिभावकलाई दबाब दियो । तर अभिभावक मानेनन् । 
आफूले नचिनेको र घटनामा उनी संलग्न छन् कि छैनन् भन्ने जानकारीविना केका आधारमा किटानी जाहेरी दिने भन्ने अभिभावकको प्रश्न थियो । तर, प्रहरीले दिलीपसिंह विष्ट नाम गरेको ती युवा नै अपराधी भएको ठोकुवा गर्दै लिखित जाहेरी दिन बाबुआमालाई दबाब दियो । ‘ल ठीक छ त्यो मान्छे को हो ? मलाई एकपटक भेट्न दिनुहोस् निर्मलाको बुबाले भन्दा प्रहरीले नमानेको पीडित परिवारले बताएका छन् । 
आफूले चिन्दै नचिनेको मान्छेको नाममा किटानी जाहेरी दिन नमानेपछि अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले आफूलाई मानसिक यातना दिएको उनको गुनासो छ ।
मानसिक सन्तुलन बिग्रेका दिलीपसिंह विष्ट पक्राउ पर्नु १८ दिनअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए । तर, ती दुईजना को हुन् र कहाँ छन् भन्ने अहिलेसम्म जानकारी छैन । एउटी बालिकाको बलात्कार र हत्याको विषयमा संसद्लाई दिएको विवरण किन सत्य साबित हुन सकेन भन्ने विषयमा बुझ्न गृहमन्त्रीले समेत आवश्यक ठानिरहेका छैनन्, जसका कारण अहिले निर्मला हत्या प्रकरण विषय भीआईपी सोझिएको छ । 
 

यो पनि
कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

कञ्चनपुर आन्दोलन : स्थिति साम्य बनाउन सर्वदलीय छलफल

निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?

निर्मला हत्या प्रकरण : थप दुई जना पक्राउ  

निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजा पनि अनुसन्धानमा तानिने

डडेल्धुरामा प्रदर्शनकारीले भने, ‘असक्षम गृहमन्त्री राजीनामा दे’

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यु, काठमाडौँमा नाटक

नेकपाको निर्णय : आरोपी जोकोही भएपनि कडाभन्दा कडा कारबाही

प्रतिक्रिया दिनुहोस