निर्मला पन्त हत्या प्रकरण

डडेल्धुरामा प्रदर्शनकारीले भने, ‘असक्षम गृहमन्त्री राजीनामा दे’

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १४ : २५
डडेल्धुरामा प्रदर्शनकारीले भने, ‘असक्षम गृहमन्त्री राजीनामा दे’

डडेल्धुरा । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई पत्ता लगाई कारबाहीको माग गर्दै शनिबार डडेल्धुरामा विरोध प्रदर्शन भएको छ । अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा शनिबार आमनागरिकहरुले आन्दोलन गरेका हुन् । प्रदर्शनकारीले जिल्ला सदरमुकाममा गृहमन्त्रीको राजीनामा माग गर्दै चर्का नारा लगाएका छन्। घटना भएको एक महिना पुग्न लाग्दा समेत दोषी पक्राउ गर्न नसकेको भन्दै उनीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन्।

प्रदर्शनकारीले ‘असक्षम गृहमन्त्री राजीनामा दे’ ‘हत्यारालाई कारबाही गर’ ‘कानुनी राज्य स्थापित गर’ ‘मानवअधिकारको रक्षा गर’ लगायतका नारा लगाएका थिए ।
प्रहरीले अभियुक्तका रुपमा दिलीपसिंह विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिएको नागरिक अगुवाहरुको आरोप छ । वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएको उनीहरुको भनाइ छ । आन्दोलनका कारण एक घण्टासम्म सडक अवरुद्ध भएको थियो । आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । 

यो पनि
कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

कञ्चनपुर आन्दोलन : स्थिति साम्य बनाउन सर्वदलीय छलफल

निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?

निर्मला हत्या प्रकरण : थप दुई जना पक्राउ  

निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजा पनि अनुसन्धानमा तानिने

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यु, काठमाडौँमा नाटक

नेकपाको निर्णय : आरोपी जोकोही भएपनि कडाभन्दा कडा कारबाही

प्रतिक्रिया दिनुहोस