निर्मला हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यु, काठमाडौँमा नाटक

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १५ : २१
निर्मला हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यु, काठमाडौँमा नाटक

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्नेको पहिचान गरी कडा कारबाही माग गर्दै भएको आन्दोलन हिंसात्मक र अराजक बनेपछि कञ्चनपुरमा हिजो शुक्रबारदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ भने दोषीलाई कारबाहीको माग गर्दै देशका विभिन्न भागमा प्रदर्शन हुन थालेका छन् ।

शनिबार बिहान पश्चिमी नेपालको पहाडी जिल्ला डडेलधुरामा प्रदर्शन भएपछि दिउँसो काठमाडौँमा पनि मौनजुलुस र सडक नाटक प्रदर्शन भएको छ ।  बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी तत्काल कडा कार्वाही गर्न सरकारलाई दबाब दिँदै काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध ¥यालीसहितको प्रदर्शन र भृकुटीमण्डपमा प्रदर्शन गरिएको हो । 

प्रर्दशनकारीहरुले बलात्कार गर्नेमाथि फाँसी दिने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रदर्शनमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।  कञ्चनपुरकी किशोरी पन्तको हत्या भएको घटनालाई लक्षित गरेर प्रर्दशनकारीले नयाँ बानेश्वरचोकमा सडक नाटक पनि प्रस्तुत गरेका थिए । 

यसैबीच, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । शुक्रबार भएको विरोध प्रदर्शनमा गोली लागेर १७ वर्षीय खुनाको मृत्यु भएको थियो । महाकाली अञ्चल अस्पताल नपुर्याउँदै खुनाको मृत्यु भएको हो । गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका सनी खुनालाई शहिद घोषणा गर्न परिवारले माग गरेको छ । मृतकी आमा मञ्जु खुनाले छोरालाई सरकारले शहिद घोषणा गर्नुपर्ने बताइन् । उनले शहिद घोषणा नगरेसम्म शव नबुझ्ने बताएकी छन् । 
 

यो पनि
कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

कञ्चनपुर आन्दोलन : स्थिति साम्य बनाउन सर्वदलीय छलफल

निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?

निर्मला हत्या प्रकरण : थप दुई जना पक्राउ  

निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजा पनि अनुसन्धानमा तानिने

डडेल्धुरामा प्रदर्शनकारीले भने, ‘असक्षम गृहमन्त्री राजीनामा दे’

नेकपाको निर्णय : आरोपी जोकोही भएपनि कडाभन्दा कडा कारबाही

प्रतिक्रिया दिनुहोस