नेकपाको निर्णय : आरोपी जोकोही भएपनि कडाभन्दा कडा कारबाही

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १५ : ३६
नेकपाको निर्णय : आरोपी जोकोही भएपनि कडाभन्दा कडा कारबाही

काठमाडौं । बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरमा  भएको आन्दोलन हिंसात्मक बनेसँगै नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को आकस्मिक बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले घटनाबारे विशेष अनुसन्धान सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि नै कञ्चनपुर घटनाबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको अवस्थामा पार्टीले पनि विशेष अनुसन्धान गर्न सरकारलाई आग्रह गर्ने  निर्णय गरेको बैठक स्रोतले  जानकारी दिएको छ ।  

बैठकले कञ्चनपुरसहित देशभर भएका बलात्कारका घटनालाई गम्भीरतापूर्कक लिँदै आरोपी जोकोही भएपनि कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड समेत दिएको स्रोतले जनायो ।

बैठकले देशको शान्ति सुरक्षामा खलल पार्ने तत्तहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउनु पर्नेमा पनि जोड दिएको छ । कञ्चनपुरमा आन्दोलनरत स्थानीयले प्रहरीले यसअघि बलात्कारपछि हत्या अभियोगमा एक जनालाई पक्राउ गरेपनि उनी बास्तविक अपराधी नभएको भन्दै आन्दोलन चर्काउँदै आएका छन् ।

उक्त घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ ।

शुक्रबार राती अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा घुपसैठ भएको दाबी गरे । उनले आन्दोलनमा कसको घुसपैठ भएको भन्नेचाही खुलस्त पारेनन् ।

यो पनि
कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

कञ्चनपुर आन्दोलन : स्थिति साम्य बनाउन सर्वदलीय छलफल

निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?

निर्मला हत्या प्रकरण : थप दुई जना पक्राउ  

निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजा पनि अनुसन्धानमा तानिने

डडेल्धुरामा प्रदर्शनकारीले भने, ‘असक्षम गृहमन्त्री राजीनामा दे’

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यु, काठमाडौँमा नाटक

 

प्रतिक्रिया दिनुहोस