काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले गणेश नेपालीको आत्मदाहको घटनालाई व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगको रूपमा टार्न नमिल्ने जनाएको छ।
अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै यसको वास्तविक कारण, पृष्ठभूमि र त्यसतर्फ पुर्याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै व्यक्ति, संस्था वा राज्य सङ्घन्धको लापरबाही, अन्याय वा गैरजिम्मेवारी यस घटनासँग जोडिएको पाइन्छ भने कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ।’
नेपालीका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक र आर्थिक सहयोगको तत्काल व्यवस्था गर्न समेत माग गरेको छ।
साथै यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन श्रमिक वर्ग, कामदार, युवा तथा सबै नागरिकका गुनासा समयमै सुने, न्याय दिलाउने र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने संस्थागत व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘मानव जीवनभन्दा ठूलो कुनै पनि विषय हुन सक्दैन। राज्यको पहिलो दायित्व नागरिकको जीवन, सम्मान र न्यायको संरक्षण गर्नु हो। कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै समाप्त गर्नुपर्ने अवस्था सिर्जना हुनु सबै समाजका लागि स्वीकार्य हुन सक्दैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असार २०८३, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको १०० दिन सुशासन केन्द्रित: उपेन्द्र यादव
सप्तरी-३ मा उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै रास्वपाका चौधरी विजयी
‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’ : उपेन्द्र यादव
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव