निर्मला हत्या प्रकरण : थप दुई जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १२ : ४६
निर्मला हत्या प्रकरण : थप दुई जना पक्राउ

कञ्चनपुर ।  १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् ।

दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुका बुबाआमा दार्चुलामा बस्दथे । निर्मला पन्त सोही घरमा गृहकार्य गर्न गएका बेला बलात्कारपछि हत्या भएको थियो । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीसँग पढ्न गएकि थिइन् ।

उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा एसपी कुबेर कठायतले जनकारी दिए ।

एसपी कठायतका अनुसार  शनिबारदेखि जारी कर्फ्यु  जारी छ । अहिले सर्वदलीय बैठक बसिरहेको र सो बैठकबाट कर्फ्यु हटाउने या जारी राख्ने भन्नेबारे निर्णय लिइने जानकारी दिए ।
भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिँदा शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो ।  

शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।  प्रहरीको गोली लागेर  ट्राफिक चोकमा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको थियो ।
यस्तै  गोली लागेर अरु ५ जना घाइते भएका छन् ।

बालिका निर्मलाको गत साउन १० गते हत्या भएको थियो । उनको शव साउन ११ गते उखुबारीमा भेटिएयता कञ्चनपुरको भीमदत्तनगरमा चरणबद्ध आन्दोलन हुँदै  आएको छ ।

यो पनि
कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो
कञ्चनपुर आन्दोलन : स्थिति साम्य बनाउन सर्वदलीय छलफल
निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?

 

प्रतिक्रिया दिनुहोस