शंकरसँग फेरि बादललाई नै भिडाउने ओलीको तयारी

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०८३, ०९ : २८
शंकरसँग फेरि बादललाई नै भिडाउने ओलीको तयारी

काठमाडौं । नेकपा एमालेमा पार्टी नेतृत्व पूर्नगठनको पक्षमा देशभर दवाव बढ्न थालेपछि अध्यक्ष केपी ओलीले उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई आफनो प्रतिरक्षाका लागि खरो उतार्न थालेका छन् ।

कुनै समयका विश्वासिला उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आफनो साथ छोडेर पूर्नगठनको पक्षमा बोल्न र सक्रिय हुन थालेपछि ओलीले आफनो रक्षाकवजको रुपमा बादललाई अगाडी सार्न थालेका हुन् । 

नेकपा एमाले पुनर्गठन सूझाव कार्यदल ओलीले बनाउन चाहेकै थिएनन । तर पार्टी सचिवालयमै उनी अल्पमतमा परेपछि बाध्य भएर उनले कार्यदल गठन गरेका थिए । कार्यदलको संयोजक उनले बादललाई नै बनाएका थिए । अहिले देशभरको नतिजा आफनो प्षमा नआउने देखेपछि ओली आफै कतिपय अवस्थामा सक्रिय हुन थालेका छन् । सिधासिधा पूर्नगठनको पषमा र आफनो नेतृत्वको विकल्पमा बोल्न थालेपछि आफै अगाडी सरेर भिड्न पनि थालेका छन् ।

केही दिन अगाडी ओली र नेता सुरेन्द्र मानन्धरवीच भएको सवालजवाफ पनि त्यही श्रृंखलाको कडी हो । ओली मानन्धरसँग आफै भिडेका थिए । देशभरका सुझाव लिएपछि पूर्नगठन कार्यदल अहिले अन्तिम प्रतिवेदन लेखनको तयारीमा छ । 

यो प्रतिवेदन तयार भएपछि सचिवालय बैठक बस्ने र केन्द्रीय समितिको बैठक बोलाएर निर्णय लिने तयारीमा एमाले छ । सोहीकारण पनि ओलीले अहिले प्रतिवेदन कस्तो बन्छ ? भन्नेमा गहिरो चासो लिन थालेका छन् ।

सोहीकारण उनले बादललाई नै मुख्य जिम्मेवारी दिएर महासचिव शंकर पोखरेल र बादललाई कार्यदलको प्रतिवेदन लेख्न जिम्मा लगाएका छन् । पार्टीभित्र पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे फरक(फरक धारणा रहेका बेला दुवै नेताबीच प्रतिवेदनमा कस्तो सहमति बन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

यहीबीचमा २ हजार हाराहारीका एमाले नेता कार्यकर्ताका बीचमा अनलाइनमार्फत गरिएको एमालेकै एक टोलीले गरेको सर्वेक्षणमा ८७ प्रतिशत नेता कार्यकर्ताले ओलीको विकल्प खोजेका छन् ।

ओलीको निरन्तरता खोज्ने अनलाइन सर्वेमा मात्र १० प्रतिशत मात्रै देखेपछि ओलीले बादललाई प्रतिवेदनमा आफै भिड्न खटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस