काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनालाई लिएर नेपाल दलित मोर्चाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गर्न, दोषी ठहरिएका व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नागरिकका आधारभूत समस्या समाधान, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ। साथै, घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असार २०८३, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश नेपाली मृत्यु प्रकरणमा एमालेले खोज्यो सरकारको जबाफदेहिता
गणेश नेपाली मृत्यु घटना : तीन नगर प्रहरी नियन्त्रणमा, सोधपुछ जारी
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने