ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०८३, ११ : ५८
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना

वासिङ्टन । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । 

अमेरिका–इरानबीच पुनः सैन्य तनाव बढ्दै पूर्ण युद्धतर्फ फर्किन सक्ने आशंका भइरहेका बेला सार्वजनिक भएको यो दाबीले सुरक्षा चिन्ता थप बढाएको छ ।

सिएनएनले यस विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वासिङ्टनले ट्रम्पविरुद्ध हुन सक्ने सम्भावित हत्या प्रयाससम्बन्धी सूचनाहरू लामो समयदेखि निगरानी गरिरहेको भए पनि इजरायलले उपलब्ध गराएको पछिल्लो जानकारी भने एउटा विशिष्ट र नयाँ षड्यन्त्रसँग सम्बन्धित रहेको जनाएको छ । वाल स्ट्रिट जर्नलले पनि अज्ञात स्रोतहरूकै आधारमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई लक्षित ‘ताजा’ योजनाबारे जानकारी प्राप्त गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस