काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ ।
सो अवसरमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको सङ्घर्ष र असाधारण बलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न सङ्ग्रहालयले सहयोग गरेको धारणा व्यक्त गरेको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिए । महासचिव पोखरेलले सङ्ग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जीवन्त राखेको उल्लेख गरे ।
“चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका अग्रजले छिचोलेर आएको बाटो तथा देखाएको उज्यालोलाई सङ्ग्रहित गरिएको यस सङ्ग्रहालयले इतिहासको सम्झना र अग्रजप्रति सम्मान जगाएको छ”, महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै सदस्य राईले भने । । महासचिव पोखरेलसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १६ गते चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ’: महासचिव पोखरेल
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल
पार्टीका आन्तरिक विषय सम्बन्धित फोरममा मात्र छलफल गर्न महासचिव पोखरेलको निर्देशन
दुई कार्यकाल र ७० वर्षे हटाइसकेको महासचिव पोखरेलको दाबी
मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकिन्छ: महासचिव पोखरेल