काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्वहरू अहिले पनि क्रियाशील रहेको बताएका छन् । जात/जात, वडा/वडा, पालिका/पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाई थियो ।
तिजको अवसर पारेर पार्टी निकट महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद नभएको पनि बताए ।
ओलीले भने, ‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्त्व छ । त्यसको एउटा धार्मिक पक्ष होला । धार्मिक पक्षको रूपमा त्यसलाई विकास गरिएको होला । एउटा परम्परागत हिसाबले विकास गरिएको होला । अर्को चाडपर्वको रूपमा विकास गरिएको होला । यसको अन्तर्य चाहिँ के हुन्छ, सारतत्व चाहिँ के हुन्छ ? भन्ने सामाजिक सुप्रबन्धलाई, सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउनु हो । दसैँको अर्थ पनि त्यही हो, तिहारको अर्थ पनि त्यही हो । दसैँमा नातागोता, आफन्त मान्यजन कहाँ पुग्नैपर्छ । आशीर्वाद लिनै पर्छ । त्यसकारण ६ महिनाको छुट्टी लिएर घर आउँथे लाहुरेहरू दसैँमा । सबै जातका, सबै थरका, बाटो बारीका, बाटो पारीका, खोला बारीका, खोला पारीका, डिल बारीका, डिल पारीका, एउटा वडाका, अर्को वडाका, एउटा पालिका र अर्को पालिकाका मान्छेहरूसँगै बसेर किन रमाएको होलान् । यसमा पिर गर्नेहरू पनि छन् अहिले । र, साम्प्रदायिक विद्वेष फैल्याउने तत्त्वहरू पनि छन् । चाडको अर्थसँग त्यस्ता सोचहरू ठ्याम्मै मिल्दैनन् । किनभने चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु हो । सामाजिक निकटता कायम गर्नु हो । सबै मिलेर रमाउनु हो । साझा जात्रा, साझा चाड, साझा पर्व, साझा खुसीयाली, साझा उत्सव त्यो मनाउनु हो । हामी त्यसै गरी आज मनाउँदैछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
ओलीको ‘अध्यक्ष मोह’ मा उपाध्यक्षद्वयको ‘काउन्टर’ प्रतिवाद
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै
सांसदहरूलाई ओलीको निर्देशन-‘संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्’
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास