काठमाडौँ । अभिनेत्री उषा रजकले मध्यरातमा पटक–पटक फोन गरेर सन्जोक कार्की नामका व्यक्तिले आफूलाई मानसिक रूपमा ह्यारेस गरेको आरोप लगाएकी छन् ।
सामाजिक सञ्जालमा भिडियो र मेसेन्जर च्याटको स्क्रिनसट सार्वजनिक गर्दै उनले सन्जोक कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका भाइ भएको दाबी गरेकी छन् ।
रजकले यस विषयमा साइबर ब्युरोमा उजुरी गरे पनि प्रहरीले आवश्यक प्रक्रिया अघि नबढाएको आरोप लगाएकी छन् । उनले शक्ति दुरुपयोग नगर्न र जिम्मेवार बन्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेकी छन् ।
यस विषयमा प्रतिक्रिया लिन सन्जोक कार्कीलाई मेसेन्जरमार्फत सम्पर्क गर्दा कुनै जवाफ प्राप्त भएन भने जेम्स कार्कीको फोन पनि उठेन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०८३, १५ : ३३
लेखकबाट थप