विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले केन्द्रीयस्तरमा छलफल जारी राखेका छन् । यद्यपि निष्कर्ष भने निस्किएको छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका प्रदेशस्तरका नेताहरु काठमाडौं पुगेका छन् ।
शीर्ष नेताहरुसँगको छलफलका लागि उनीहरु काठमाडौं गएका हुन्।सर्वोच्च अदालतले गत ११ गते संवैधानिक प्रक्रिया अनुसार गठन नभएको भन्दै नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई २२ दिनमै बर्खास्त गरिदिएको थियो । थापा नेतृत्वको सरकार गत असार २१ गते गठन भएको थियो ।
सर्वोच्चको आदेशपछि कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठन गर्न साउन १६ गतेसम्मको समय दिएका छन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न उनले समय दिएका हुन् । सर्वोच्चको आदेशमा साउन १७ गतेसम्ममा सरकार गठन गरिसक्न समयसीमा दिइएको छ ।
कोशी प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्दछ । कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनसँग सभामुख बाहेक ४६ मत छ । सभामुखले राजीनामा दिएको अवस्थामा भने गठबन्धनसँग बहुमत सांसद (४७ जना) हुनेछन् । त्यसैले सभामुखलाई राजीनामा गराउन गठबन्धन दलहरु छलफलमा छन् ।
गठबन्धन दललाई राप्रपाले साथ दिए सहज ढङ्गले सरकार बन्न सक्छ । तर, केन्द्रीयस्तरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भएको छलफल सकारात्मक नदेखिएको बताइएको छ । लिङ्देनले संघीय सरकारसहित ७ वटै प्रदेशका सरकारमा सहभागी बन्ने वातावरण निर्माण गर्न आग्रह गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग