काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
प्रदेश पदाधिकारी र सीमित सचिवालय सदस्यबीचको छलफलपछि प्रदेशले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।
प्रदेश कमिटीले पठाएको सूचीको पहिलो नम्बरमा एमालेका पूर्वउपाध्यक्ष गुरु बरालको नाम समावेश छ । एमालेको ११ औँ महाधिवेशनमा पराजित भएका बराललाई प्रदेशले ‘सिनियर’ नेताको रूपमा पहिलो प्राथमिकतामा राखेको हो ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार जिल्ला कमिटीले पठाएको नामावलीकै आधारमा आकांक्षीको नाम पठाइएको हो । उनका अनुसार गुरु बराल र रोमनाथ ओलीसहित १०१ जनाको नाम सिफारिस गरिएको हो । बराल पार्टीको सिनियर नेता भएकाले नाम पहिलो नम्बरमा राखिएको उनको भनाइ छ ।
एमाले मोरङ जिल्ला कमिटीले बरालसहित २८ जनाको नाम समानुपातिकका लागि प्रदेश समक्ष सिफारिस गरेको थियो । अन्य जिल्लाले पनि प्रदेशमा पठाएको थियो ।
उम्मेदवार सिफारिससँगै एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि बढेको छ । इतर पक्षका नेताले असन्तुष्टि जनाएका हुन् । पार्टीका केही नेताहरूले पर्याप्त छलफल नगरी ‘सुटुक्क’ नाम पठाइएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु