काठमाडौं। लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ। विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर र खोटाङमा पनि मृत्युका घटना भएका छन्।
प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ। धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन्।
यसबीच, सबैभन्दा बढी क्षति व्यहोरेको प्रदेशकै मुख्यमन्त्री हिक्मतकुमार कार्की विपत्ति निम्तिँदा काठमाडौँमै रहेका थिए। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता रेवती भण्डारीका अनुसार प्लेन नचल्दा मुख्यमन्त्री फर्कन नसकेको बताए।
भण्डारीले भने, ‘मुख्यमन्त्रीकै निर्देशनअनुसार हामी कार्यरत छौँ। जनप्रतिनिधि जनताकै बीचमा छन् र राहत कार्य तीव्र रूपमा भइरहेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा