कञ्चनपुर । कञ्चनपुरमा सवारीसाधन एक आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। कृष्णपुर नगरपालिका–२ बंकमा विङ्गरले जिपलाई ठक्कर दिँदा ९ जना घाइते भएका हुन्। म १ ज २८७ नम्बरको विङ्गरले से १ झ २४६ नम्बरको जिपलाई ठक्कर दिँदा ९ जना घाइते प्रहरीद्ये जनाएको छ।
सरकारी नम्बर प्लेटको जिप कृष्णपुर नगरपालिकाको भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा बैतडी दशरथ चन्द नगरपालिका–२ का २४ वर्षीय आनन्द पुजारा, बझाङका ३० वर्षीय गणेश बोहरा, ४७ वर्षीय जयलाल बोहरा, कञ्चनपुरको वेदकोट नगरपालिका–६ का ४० वर्षीय महेश भट्ट, ३५ वर्षीय प्रकाशचन्द्र भट्ट, कृष्णपुर नगरपालिका–२ का प्रकाश नाथ, शुक्लाफाँटा नगरपालिका–६ की ६० वर्षीया चन्द्रादेबी ऐर, ४७ वर्षीया शान्तिदेबी ऐर र कृष्णपुर नगरपालिका–५ का ३५ वर्षीय जनक भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको भनाइ छ।
दुर्घटनामा घाइते भएका जिपका चालक जनक भण्डारीलाई उपचारका लागि निसर्ग हस्पिटल धनगढीमा लगिएको छ। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु