काठमाडौ । रसुवाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा बुधबार साँझ कन्टेनर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चिनियाँ सामग्री लिनका लागि केरुङतर्फ जाँदै गरेको ना६ख ५४९८ नम्बरको कन्टेनर दक्षिणी रसुवाको कालिकास्थानबाट धुन्चेतर्फ जाने क्रममा अनियन्त्रित भई करिब एक सय ५० मिटर तल खसेको थियो ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको टोलीले चालकसहित दुई जनालाई उद्धार गरी उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाएको थियो । उपचारका क्रममा कालिका गाउँपालिका–१ निवासी अन्दाजी ३९ वर्षीय चालक पासाङनुर्पु थोक्रा (पासाङ) को मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी रमेश रायले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका सोही स्थानका पेम्बाछिरिङ तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते