काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्।
बुधबार बिहान माओवादी निकट प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीसँग उनले यस्तो बताएका हुन्। अहिले सत्ता टिकाउनकै लगि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने शंका उत्पन्न भएकोमा बरु सरकार छाड्ने तर भ्रष्टाचारीलाई उन्मुक्ति नदिने उनले बताएका हुन्।
'भ्रष्टाचार काण्डमा बरु सरकार छाडेर जनतामा जान उचित हुन्छ, बरु सरकार छाड्न परे परोस्, गलत सम्झौता गर्न हुँदैन भन्ने पक्षमा छौँ,' प्रधानमन्त्रीले भने। भ्रष्टाचारविरुद्धको अभियान जारी रहने पनि उनले बताए।
उनले यतिबेला आफू संसद्मा 'वन मेन आर्मी' जस्तो हुनुपरेको बताए। 'जतिबेलै वन मेन आर्मी जस्तो हुनुपरेको छ, अरुले सकेसम्म भाँड्ने प्रयास गरेको देखिन्छ,' उनले भने, 'ओलीहरू देख्नुभयो नि! लोकतन्त्रको नम्स भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिराखेको छु। हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु। बोल्नै नदिने भनेर तलका मान्छेलाई बोल्न दिने कुरा भयो सभामुखबाट। हुँदै नहुने कुरो थियो नि!'
आफूले बोलिसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा हुने भए पनि बोल्दाबोल्दै आफूलाई अपमानित गरिएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
नबोलेका प्रधानमन्त्रीले संसदमा बोल्लान् त आज ?
संसदप्रति प्रधानमन्त्रीको निरन्तर उपेक्षा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री