काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा दर्ता रिट निवेदन सुनुवाइ गर्न आज (जेठ ३० गते) का लागि पेसी तोकिएको छ।
दस वर्षसम्म चलेको सशस्त्र युद्धका बेला बालसेना दुरुपयोग गरी युद्ध अपराध गरेको आरोपसहित माओवादीका पूर्व बालसेना लेनिन विष्टले आइतबार दर्ता गराएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको हो।
यसअघि सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो। तर सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार दर्ताको आदेश दिँदै मंगलबार (आज) का लागि पेसी तोकिदिएको हो।
रिट निवेदनमा विष्टले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईसहितका नेताहरुलाई विपक्षी बनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग