काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा दर्ता रिट निवेदन सुनुवाइ गर्न आज (जेठ ३० गते) का लागि पेसी तोकिएको छ।
दस वर्षसम्म चलेको सशस्त्र युद्धका बेला बालसेना दुरुपयोग गरी युद्ध अपराध गरेको आरोपसहित माओवादीका पूर्व बालसेना लेनिन विष्टले आइतबार दर्ता गराएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको हो।
यसअघि सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो। तर सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार दर्ताको आदेश दिँदै मंगलबार (आज) का लागि पेसी तोकिदिएको हो।
रिट निवेदनमा विष्टले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईसहितका नेताहरुलाई विपक्षी बनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की
सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की