काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका ७ का ३७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।
घरमा लुकाएको लागुऔषध ब्राउन सुगरसहित उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनको साथबाट लागुऔषध ब्राउनसुगर २ ग्राम १२० मिलिग्राम बरामद गरिएको छ ।
यस्तै लागूऔषध तौल गर्ने डिजिटल तराजु ३ थान र विभिन्न कम्पनीका १६ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ