काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका पार्टीका जनप्रतिनिधिलाई २०८४ को निर्वाचनलाई लक्षित गरेर काम गर्न निर्देशन दिएका छन् ।पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूले गरेको कामको प्रचार गर्न निर्देश गरे ।
उनले भने, ‘कसैले सानो चित्त नराखी राम्रा कामको प्रचार गर्नुस्। पार्टीलाई नमान्ने नटेर्ने कुरा जनप्रतिनिधिहरुले गर्न हुँदैन । पार्टील परामर्श राम्रैका लागि दिन्छ । त्यसैले, ०८४ को चुनावमा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी एमाले हुनुपर्छ । वडा, टोलमा होस् वा भोट र सिटमा, हरेक ठाउँमा एमालेको बहुमत चाहिन्छ ।’
उनले वडा सदस्य, वडाध्यक्ष, पालिका अध्यक्षदेखि सांसदसम्म सबै एमालेले जित्नुपर्नेगरी लाग्न निर्देशन गरे । जनप्रतिनिधि भएपछि जनतासँगको व्यवहार, उत्तरदायित्व र देशप्रति बफादार निष्ठापूर्वक काम गर्न निर्देशद दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'गिरिबन्धु, वाइडबडी, ओम्नीमा व्यक्तिको गल्ती हुनसक्छ, एमालेलाई जोडियो: केपी ओली
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली