एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बुधवार राति भएको खेलमा लखनऊ सुपर जोइन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई इन्डियन्सले जितेको छ ।
हारसँगै लखनऊको आईपीएल यात्रा टुंगिएको छ भने मुम्बई दोस्रो क्वालिफायरका लागि गुजरात टाइटन्ससँग भिड्नेछ ।
शुरूआती ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाउँदै लखनऊसामु १८३ रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङ गर्दै लखनऊ १६.३ ओभरमा १०१ रन बनाउँदै अलआउट भयो ।
मुम्बईका लागि आकाश मधवालले ५ रन मात्रै दिएर ५ विकेट लिए । उनले प्रेरक मांकड, आयुष बडोनी, निकोलस पूरन, रवि बिश्रोई र मोहसिन खानको विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
आईपीएल : लखनउलाई पराजित गर्दै आरसिबी शीर्ष स्थानमा
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित
आईपीएल २०२६ : मुम्बईविरुद्ध राजस्थान २७ रनले विजयी
आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित