एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बुधवार राति भएको खेलमा लखनऊ सुपर जोइन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई इन्डियन्सले जितेको छ ।
हारसँगै लखनऊको आईपीएल यात्रा टुंगिएको छ भने मुम्बई दोस्रो क्वालिफायरका लागि गुजरात टाइटन्ससँग भिड्नेछ ।
शुरूआती ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाउँदै लखनऊसामु १८३ रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङ गर्दै लखनऊ १६.३ ओभरमा १०१ रन बनाउँदै अलआउट भयो ।
मुम्बईका लागि आकाश मधवालले ५ रन मात्रै दिएर ५ विकेट लिए । उनले प्रेरक मांकड, आयुष बडोनी, निकोलस पूरन, रवि बिश्रोई र मोहसिन खानको विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने