काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको ३० औं खेलमा मुम्बईले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा मात्र १०० रनमा समेटियो ।
गुजरातका लागि कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । मुम्बईका बलर हाबी भएको खेलमा गुजरातको ब्याटिङ लाइनअप सस्तैमा समेटिएपछि खेल एकपक्षीय बनेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रनको बलियो योगफल तयार पारेको थियो । मुम्बईको जितमा युवा ब्याटर तिलक वर्मा नायक बने । उनले विष्फोटक ब्याटिङ गर्दै मात्र ४५ बलमा अविजित १०१ रन को शतकीय इनिङ खेले ।
यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ । आईपीएल तालिकामा मुम्बई चार अकंसहित सातौं स्थानमा छ । समान खेल खेलेको गुजरात ६ अंकसहित छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ बैशाख २०८३, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
आईपीएल : लखनउलाई पराजित गर्दै आरसिबी शीर्ष स्थानमा
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित
आईपीएल २०२६ : मुम्बईविरुद्ध राजस्थान २७ रनले विजयी
आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित
आईपीएल : लखनउ र दिल्ली खेल्दै