हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्समाथि १० रनको रोमान्चक जित दर्ता गरेको छ । शनिबार राति हैदराबादस्थित घरेलु मैदानमा भएको खेलमा १९५ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।
चेन्नाईका लागि मध्यक्रमका ब्याटरले मिहिनेत गरे पनि हैदराबादको कसिलो बलिङसामु लक्ष्य भेटाउन सकेनन् । हैदराबादका लागि बलिङतर्फ ईसान मालिङ्गाले घातक बलिङ गर्दै ४ ओभरमा २९ रन खर्चिएर ३ महत्त्वपूर्ण विकेट लिए । उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । हैदराबादको इनिङ्समा प्रारम्भिक ब्याटर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
चेन्नाईका बलरहरूले अन्तिम ओभरमा विकेट लिएर रनको गति केही रोके पनि हैदराबादले बनाएको विशाल स्कोर नै जितका लागि पर्याप्त बन्यो । यो जितसँगै हैदराबाद पाँच खेलमा तीन जित निकाल्दै ६ अंकका साथ चौथो स्थानमा पुगेको छ । समान खेल खेलेको चेन्नई चार अंकसहित छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित