काठमाडौं । यशस्वी जैसवालको अर्धशतकप्रेरित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियनविरुद्ध २७ रनको जित निकालेको थियो ।
मंगलबार भारतको गुवाटीस्थित बरसापारा क्रिकेट रंगशालामा राजस्थानले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको मुम्बईले ११ ओभरमा नौ विकेट गुमाएर १२३ रन मात्र जोड्न सक्यो । खेल वर्षाका कारण निर्धारित समयभन्दा साढे दुई घण्टा पछाडि सुरु भएपछि अम्पायरले खेललाई ११ ओभरमा समेटेका थिए ।
मुम्बईलाई सस्तैमा रोक्न राजस्थानका नन्द्रे बर्गर, रवी वोस्नोइ र सन्दीप शर्माले समान दुई विकेट लिए । जोफ्रा आर्चर र टुसार देशपाण्डेले पनि समान एक विकेट लिएका थिए ।
मुम्बईका नमन धिर र शेरफान रथरफोर्डले समान २५ रन बनाउँदा तिलक बर्माले १४ रन बनाएका थिए । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको राजस्थानले मुम्बईविरुद्ध ११ ओभरमा तीन विकेट गुमाएर १५० रनको योगफल खडा गरेको थियो ।
राजस्थानका निम्ति ओपनर जैसवालले ७७ रनको अर्धशतकीय इनिङ खेले । जैसवालले ३२ बलमा १० चौका र चार छक्का प्रहार गरे । उनले पहिलो विकेटको निम्ति ओपनर वैभव सूर्यवंशीसँग ८० रनको अर्धशतकीय साझेदारी गरेका थिए । अर्का ओपनर वैभव सूर्यवंशीले ३९ रन बनाउँदा कप्तान रियान पारागले २० रन जोडेका थिए ।
मुम्बईका एएम जझानफरले दुई र सर्दुल ठाकुरले एक विकेट लिएका थिए । जितसँगै राजस्थान ६ अंकका साथ तालिकाको शीर्षमा उक्लिएको छ । राजस्थानमाले तीन खेल खेल्दा शत प्रतिशत जित निकाल्दै यो नतिजा आत्मसाथ गरेको हो ।
पराजित मुम्बई भने दुई अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०८२, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित
आईपीएल : लखनउ र दिल्ली खेल्दै
आईपीएल : राजस्थानको विजयी सुरुआत, पहिलो खेलमा चेन्नाई आठ विकेटले पराजित
आईपीएल: मुम्बईको ऐतिहासिक जित
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै