काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्स (एलएसजी)लाई पाँच विकेटले हराएको छ ।
यो जितसँगै आरसिबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा आठ अंक जोड्दै आरसिबी शीर्ष स्थानमा पुगेको हो । समान खेल खेलेको लखनउ चार अंकसहित सातौं स्थानमा छ ।
बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा भएको खेलमा घरेलु टोलीले २९ बल बाँकी छँदै सहज जित हात पारेको हो।लखनउले प्रस्तुत गरेको १ सय ४७ रनको मध्यम लक्ष्यलाई बेंगलुरुले १५.१ ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाउँदै भेट्टायो। बेंगलुरुको जितमा विराट कोहली अर्धशतक बनाउन एक रनले चुके । ्
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४६ रन मात्र बनाउन सकेको थियो। लखनउका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। बेंगलुरुको कसिलो बलिङसामु लखनउका खेलाडी सुरुदेखि नै दबाबमा देखिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित