काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन् । रामराज्यको चाहना राख्नेहरुले पनि त्याग र नैतिक साहस देखाउनुपर्ने उनको चुनौति छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुरुङले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वैट सेयर छ विस्तारै आउला, रामराज्यको चहना राख्नेहरुले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’
गुरुङले आफ्नो लागि पदभन्दा नैतिकता ठूलो कुरा भएको बताएका छन् । जनविश्वासभन्दा ठूलो शक्ति कुनै नहुने उनको टिप्पणी छ ।‘गुरुङले भनेका छन्, ‘आज आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।’
आफूसँग सम्बन्धित विषयमा निस्पक्ष छानविन होस, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस र त्यसमा कुनै असर नपरोस भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उनको घोषणा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ बैशाख २०८३, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामराज्यको चाहना राख्नेहरुले पनि नैतिक साहस देखाउनुपर्छ : सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन
रमेश लेखकलाई पक्राउ गरेपछि सुधन गुरुङले भने : 'आयो गोर्खाली'
प्रधानमन्त्रीको ढाल भएर उभिएका छौँ : सुधन गुरुङ
गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?