काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन् । एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरणको सुरुवात भएको उनको जिकिर थियो ।
पार्टी निकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बदमासी अरूले गरे पनि आफ्नो पार्टीलाई दोषी साबित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
महासचिव पोखरेलले भने, ‘आज भुटानीका नाममा नेपाली नागरिकहरूलाई अवैध तरिकाबाट अमेरिका पठाउने काममा जुन प्रकारको ठगी भएको छ । यो ठगीको सन्दर्भको बारेमा, वास्तवमा यो ठगी काण्ड मात्रै होइन । राष्ट्रमाथिको घात हो । राष्ट्रको स्वाधीनता, स्वाभिमानप्रतिको एक प्रकारको अपमान हो भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ । नेपाल राष्ट्र स्वयं आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने प्रकारको जुन प्रकारको सन्देश गएको छ । त्यो राष्ट्रका लागि लज्जाको विषय हो भन्ने कुरालाई हामी स्पष्ट गर्न चाहन्छौँ । तर म तपाईहरुको बीचमा के भन्न चाहन्छु भने बदमासी एउटाले गर्ने, सङ्केत अर्कोतर्फ देखाउने जुन प्रकारको धृष्टता भइरहेको छ । त्यसप्रति तपाई हामी सबै सचेत हुनुपर्छ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । नेकपा एमालेको नेतृत्वको सरकार भएको बेलामा बाँकी रहेका भुटानी शरणार्थीहरूको सन्दर्भमा, उनीहरूको व्यवस्थापनको सन्दर्भमा के गर्नुपर्दछ भन्ने उद्देश्यका साथ कार्यदल बनाइएको थियो भन्ने कुरा सार्वजनिक भइसकेको छ । त्यतिबेला बनाइएको कार्यदल भित्र नयाँ कुनै व्यक्तिलाई भुटानीका रुपमा प्रमाणीकरण गर्ने विषय त्यो कार्यदलको विषय नै थिएन । त्यतिबेला तयार भएको प्रतिवेदनलाई एक प्रकारले भन्नुहुन्छ भने दुरुपयोग गरिकन, प्रतिवेदनमाथि एक प्रकारले जालसाजी गरिकन नयाँ व्यक्तिहरूको नाम सामेल गर्ने खालको जुन प्रकारको धृष्टता भयो, त्यहाँबाट नै यो अपराधको सुरुवात भयो भन्ने कुरा स्पष्ट छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ’: महासचिव पोखरेल
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल
पार्टीका आन्तरिक विषय सम्बन्धित फोरममा मात्र छलफल गर्न महासचिव पोखरेलको निर्देशन
दुई कार्यकाल र ७० वर्षे हटाइसकेको महासचिव पोखरेलको दाबी
मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकिन्छ: महासचिव पोखरेल