काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार जारी गरेको वक्तव्यमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्याउन आग्रह गरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार इलाममा आयोजित कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको दाबी गरेका थिए ।
आक्रोश पोख्दै ओलीले भनेका, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् ।
छोराबुहारी अगाडि सारेर फुरफुर नगर १’नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गरेका छन् । उनले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरुले नगरेर त्यसै छाडेको भन्दै कटाक्ष गरे ।तर, पूर्वराजाको संवाद सचिवालयले ज्ञानेन्द्र शाह, हिमानी शाहले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट गरेको छ । यसबारे सचिवालयले २०७८ मंसिर २३ गते नै पनि स्पष्ट गरिसकिएको संवाद सचिव फणि पाठकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी