काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो काममा लागि योगदान पुर्याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गरे।
उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गरे।
संघले नेपालको दूरदराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै सभामुख घिमिरेले सो कामका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालमा आँखा उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।
त्यस अवसरमा सभामुख घिमिरेले गरिब जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तीमा नेत्रज्योति संघलाई सफलता मिलोस भनि कामना समेत गरे । कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे
रास्वपासँग सरकारले संवाद नगरेकोमा सभामुखले जनाए असन्तुष्टि
संघीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छ : सभामुख घिमिरे
राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता
जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे
‘जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम’ : सभामुख घिमिरे