काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे । उनले नेकपा एमालेले अन्तितमा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए ।
अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरु म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । किनभने दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ,’ उनले भने, ‘को को सेन्टीफ्ल्याट खाने हुन् अब थाहा छैन । नेपालको राजनीति यही ढंगले अघि बढीरहेको छ । मैले संकेत मात्रै गरेको हो । हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भुमिका छ । के भूल्य छ, यिनीहरुको भन्नेहरु भन्दै गरुन्, हण्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भुमिका खेल्छौँ । हामी कसैको पक्षपोषण गर्दैनौँ ।’
अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दुषित रहेको बताए । उनले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत उनले बताए । उनले भने, ‘किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको खोलामा बगिइरहेको पानी जस्तो छैन । यथास्थिति रहँदैन । सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ । ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो पहिलो शुरुवात हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ माघ २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जली जग्गा प्रकरणमा कसरी जोडिए माधव नेपाल ? विशेषमा मुद्दा लैजाने अख्तियारको तयारी
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल