देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०८२, १६ : ४९
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रमको विकल्प नरहेको बताएका छन् ।

मुलुकको विकास, समृद्धि, देश तथा पार्टीभित्रको एकताको लागि नेपाली कम्युनिष्ट पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम सबैभन्दा उपयुक्त भएको उनको भनाइ छ ।

रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौँ आइपुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस