‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, १३ : ४७
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताएका छन् ।

आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् ।

उनले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपश्चात् पछिल्लो राजनैतिक घटनाक्रमले आगामी चुनावमा चुनौती रहेकाले प्रस्ताव आए ठुला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका छन् । त्यसका लागि निर्णायक दुई ठुला दलको भूमिका रहेको बताउँदै उनले त्यसका लागि आफू तयार रहेको धारण व्यक्त गरे। तर एउटा जता ढल्यो त्यतै जानेभन्दा पनि सबैलाई सहज ढंगले एकबद्धता भएर अगाडि लिएर बढ्दा उचित हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस